२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

आज २०८३ साल साउन ४ गते सोमबार, आजको राशिफल कस्तो छ ?

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । २०८३ साल साउन ४ गते सोमबार सन् २०२६ जुलाई २० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। पेटसम्बन्धी स्वास्थ्य समस्या हुन सक्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। राजनीतिमा आज चुप लागेर बन्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

वृष : मन प्रशन्न रहनेछ। राज्यको माथिल्लो तहका मान्छेबाट सहयोग मिल्नेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन : आज तपाईंको खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। परिवारमा तपाई शंकाको घेरामा पर्नुभएको छ। स्वास्थ्य र शिक्षामा भने सहजता रहनेछ।

कर्कट : आम्दानीका दृष्टिले स्रोतहरु खुल्दै जानेछन्। व्यापार व्यवसायमा सफलता मिल्नेछ। सम्पत्तिको पछाडि दौडिएमा घाटा हुनेछ।

सिंह : धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । राजनीति र सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको यात्रामा नजानु राम्रो हुनेछ।

कन्या : आज बोलीमा सरस्वतीको बास छ । बोलीको प्रभावले कामहरु बन्नेछन् । स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। अर्काको सल्लाह लिएर अघि बढ्नुहोला। एकल निर्णयले फाइदा हुनेछ। गोपनीयता कायम गर्नु राम्रो हुनेछ।

तुला : आज कुरा काट्नेहरु सक्रिय छन्। तपाईंमाथि श्रमशोषण गर्ने धेरै छन्। स्वास्थ्य र शिक्षामा भने तपाईंले गरको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग लिएर अघि बढ्दा दिन सहज बित्नेछ ।

वृश्चिक : दिन राम्रो छ। परिवारमा घुमघामको योजना बन्नेछ। मन प्रशन्न हुनेछ। पढाई र प्रेम दुवैमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

धनु : शुभ समाचार प्राप्त हुनेछ । बिहान उठेर वरपिपलको दर्शन र शिव भजन सुन्नुहोला। विज्ञको सहयोग लिएर काम गर्दा नाफा हुनेछ।

मकर : गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढ्नु फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा ठगहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। वैदेशिक क्षेत्र पनि आज सबल देखिन्छ।

कुम्भ : सम्पत्ति खर्च हुनेछ ।  राजनीति र सामाजिक क्षेत्रमा नाम र दाम रहनेछ। नयाँ वस्त्र धारण गर्न सकिन्छ। पराक्रम बढ्नेछ। आज यात्रा नगर्नु उचित हुन्छ ।

मीन : स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ। शत्रु बढ्नेछन्। थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट