काठमाडौं । २०८३ साल साउन ३ गते आइतबार सन् २०२६ जुलाई १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं ।
मेष : सोचेको काम नबन्दा मन दुखी हुनेछ । शिक्षा र व्यापारमा घाटा लाग्नेछ । राजनीतिमा लगानी गर्दा फाइदा हुनेछ। परिवारमा भने मनमुटाव हुनेछ ।
वृष : आज पराक्रम बढ्नेछ । आफ्नो भाग्य आफैले बनाउनुपर्ने दिन भएकाले निर्णय गर्दा सचेत हुनुपर्ने दिन छ । वैदेशिक रोजगारीमा आकर्षण बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने योग छ ।
मिथुन : दिन सामान्य राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन आर्जन गर्ने समय रहेको हुँदा साथीभाइ दाहिना रहनेछन् । आज पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ ।
कर्कट : दिन निकै राम्रो छ । आम्दानीका स्रोतहरु खुल्दै जानेछन् । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ । परिवनरसँगको सम्बन्ध सुमधुर बन्नेछ । राजनीतिमा भने संकट देखिन्छ ।
सिंह : सानातिना कुराले मनमा झन्झट आउनेछ । बोली र व्यवहारमा एकरुपमा ल्याउनु आवश्यक छ । राजनीति र शिक्षामा भने तपाईको राम्रो छ । आज मानसम्मान मिल्ने दिन छ ।
कन्या : पारिवारिक मेलमिलाप हुनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । खानपानमा ख्यान नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । विज्ञको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ ।
तुला : आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ । स्वास्थ्यमा लाभ लिनको साथै राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा घुलमिल हुनेछ । परिवारको साथमा रमाइलो हुनेछ ।
वृश्चिक : दिन राम्रो छ । शिक्षामा गरेको प्रयासले मन हलुको हुनेछ। परिवारको सल्लाह लिएर काम गर्नुहोला । रमाइलो भेटघाटको समय छ। राजनीति क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।
धनु : मनमा उथलपुथल हुनसक्छ । हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । कम बोल्दा फाइदा हुनेछ ।
मकर : दिन सामान्य राम्रो छ। शत्रु बढ्नेछन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ हुनेछ। राजनीति क्षेत्रमा पहुँच बढ्ने । पारिवारमा मेलमिलाप हुनेछ ।
कुम्भ : दिन सामान्य राम्रो छ। अनावश्यक खर्च बढ्दा मन दुखी हुनेछ। धार्मिक कार्यमा सहभागी हुनसके भाग्यको उदय हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ । आज यात्रामा भने सतर्कता अपनाउनुपर्ने दिन छ ।
मीन : जोगिएर काम गर्नुपर्ने दिन छ । दाजुभाइ वा भगिनी संस्थासँग गरेको लगानीले फाइदा हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ। साना कुराले परिवारमा मनमुटाव हुनसक्छ। थोरै बोलेर अघि बढ्नुहोला ।
प्रतिक्रिया दिनुहोस