२०८३, श्रावण ४ गते

सोमवार, श्रावण ४ गते २०८३

आज २०८३ साल साउन १ गते शुक्रबार, आजको राशिफल कस्तो छ ?

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६ जुलाई १७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : दिन सामान्य छ। आर्थिक कारोबारमा संघर्ष गर्नुपर्ने छ। व्यवहारमा मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। सहकार्यमा गरेको कारोबारबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। मानसम्मान प्राप्त हुनेछ । ठूला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। घर र जग्गा सम्बन्धी कारोबार फस्टाउने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ । उच्च पदका व्यक्तिसँग भेट हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्ने छ। स्वदेशमै विकासको विकल्प देखेर मनमा खुशी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : आज भाग्य चम्कनेछ । राजनीतिक क्षेत्रमा बढुवा हुनेछ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सानो कुराले मनमा झन्झट बढ्नेछ। सहकर्मीसँग कम बोल्नु उचित हुन्छ। मनमा चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : व्यापार व्यवसायमा सफलता मिल्नेछ । परिवारसँग घुमघाम तय हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्ने छ। वैदेशिक रोजगारीका सम्भावना बढेर जानेछन्। कामको बोझ भने थपिने छ।

तुला : श्रमको प्रतिफल मिल्नेछ। अरुलाई समय दिँदा नयाँ योजना बन्न सक्छन् । स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा साथीले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : बौद्धिक साथीसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।

धनु : साना कुराले मन अशान्त बन्नेछ। अरुको कुरा सुन्ने बानी चटक्कै छोड्नु उचित हुन्छ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। यात्रामा भने सावधानी अपनाउनुपर्नेछ ।

मकर : आज दिन राम्रो रहेको छ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। मन शान्त बन्ने योग छ।

कुम्भ : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको विवादलाई ख्याल नगरी अगाडि बढ्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।

मीन : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट