२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

आज २०८३ साल साउन ५ गते मंगलबार, आजको राशिफल कस्तो छ ?

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६ जुलाई २१ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : दिन राम्रो छैन। मनमा असन्तुष्टी बढ्नेछ । कुटुम्बसँगको सम्बन्धमा खटपटि बन्नेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। यात्रा सुखद् बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा समय र ऊर्जा खर्च नगर्नु राम्रो हुन्छ।

कर्कट : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। ठुला व्यक्तिसँगको परामर्शले काम सहज बन्नेछ।

सिंह : शिक्षाको लगानीमा प्रतिफल देखिनेछ।ठुला व्यक्तिको सुझावमा नयाँ योजना बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। कामको बोझ थपिने छ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य रहेको छ। साथीले नै विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। लगानीका क्षेत्रमा अवरोध हुने जोखिम छ। आफन्तले भन्दा घर बाहिरका व्यक्तिको सहयोग महत्त्वपूर्ण बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। जागिरमा बढुवा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। विदेशमा गरेको गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : शुभ दिन छ। ठुलो काम गर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिँदा मनमा खुसी बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मकर : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा साथीको साथ र सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। रोग बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। सानो कुराले झर्को बढ्नेछ। व्यापारमा साझेदारी गरेको भए नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट