२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

पार्टी विभाजन भए त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ : शेखर कोइराला

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको मतभेदलाई वर्तमान नेतृत्वले समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

४४औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा कांग्रेसको संस्थापन इतर पक्षले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले सबै नेता–कार्यकर्ताको स्वाभिमान र सम्मान सुरक्षित हुने वातावरण निर्माण गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने बताए।

उनले पार्टीभित्रको असन्तुष्टि र मतभेदलाई बेवास्ता गरिए कांग्रेस विभाजनको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए । नेता कोइरालाले भने– ‘पार्टी एकताबद्ध हुन सकेन र विभाजनको अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ ।’  

कोइरालाले कांग्रेसको बल यसको एकता, लोकतान्त्रिक संस्कार र कार्यकर्ताको सम्मानमा रहेको उल्लेख गर्दै नेतृत्वले संवाद, सहमति र समावेशी निर्णय प्रक्रियामार्फत संगठनलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे।

बीपी कोइरालाको विचार र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्नेमा समेत उनले जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट