काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्वब भट्टराई २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्।
अख्तियारका अनुसार स्थायी लेखा नम्बर प्यान बन्द गर्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार निगरानी गरेको थियो।
टोलीले लेखा अधिकृत भट्टराईलाई सेवाग्राहीबाट रु. २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस