२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

मध्यपुरथिमीको कमलपोखरीमा कमलको बहार : फोटो खिच्नेदेखि मर्निङ वाकसम्मको नयाँ गन्तव्य   (फोटो फिचर)

शनिवार , श्रावण ९, २०८३

भक्तपुर। मध्यपुर थिमी नगरपालिका–स्थित कमलपोखरी यतिबेला गुलाबी कमलका फूलले ढकमक्क ढाकिएको छ । पोखरीभरि फुलेका कमलका फूलले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर रोकिएर दृश्य नियाल्न बाध्य बनाइरहेका छन्।

बिहानको शीतल हावा र साँझको सुनौलो घामसँगै कमलपोखरीको सौन्दर्य झन् आकर्षक देखिन्छ । यही दृश्य हेर्न र क्यामेरामा कैद गर्न दैनिक सयौं मानिस यहाँ पुग्ने गरेका छन्। मर्निङ वाक र इभिनिङ वाक गर्नेहरूका लागि कमलपोखरी पछिल्लो समय नयाँ गन्तव्य बनेको छ ।

पोखरीसँगै रहेको ऐतिहासिक महालक्ष्मी मन्दिरमा दर्शन गर्ने भक्तजनहरू पनि कमलपोखरी पुगेर केहीबेर रमाउने गर्छन्। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमले यो क्षेत्रलाई अझ विशेष बनाएको स्थानीय बताउँछन् ।

कमलपोखरीभन्दा केही तल रहेको महालक्ष्मी मन्दिर आसपासको क्षेत्र पनि आकर्षक रूपमा व्यवस्थित गरिएको छ । सफा वातावरण, हरियाली र खुला परिसरका कारण यहाँ फोटोसुट, प्रि–वेडिङ छायांकन, म्युजिक भिडियो तथा फिल्म सुटिङसमेत हुन थालेका छन्।

सामाजिक सञ्जालका लागि आकर्षक तस्बिर र भिडियो बनाउन आउने युवायुवतीहरूको चहलपहल दिनहुँ देख्न सकिन्छ ।  विशेषगरी टिकटक, फेसबुक र इन्स्टाग्रामका लागि भिडियो बनाउनेहरूको यहाँ बाक्लै उपस्थिति रहने गरेको छ ।

प्राकृतिक सुन्दरता, धार्मिक महत्त्व र व्यवस्थित सार्वजनिक स्थलको संयोजनले कमलपोखरी क्षेत्र मध्यपुर थिमीको नयाँ आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । वर्षायाममा कमल पूर्ण रूपमा फुल्ने यो समय यहाँको सौन्दर्य अवलोकन गर्ने उपयुक्त मौसम मानिन्छ ।

तस्विरहरुः प्रभात श्रेष्ठ

6c158874-eb00-46c8-8b07-44344f8b0c85.jpg

 

c8b80219-c29f-45aa-86b3-25457cefe6f2.jpg

199b2eaf-02aa-450c-8fc9-a0934465f27c.jpg

3da1ef1e-579b-455c-b17d-797ddcfdce26.jpg

d8b4ff71-acbd-4f51-82ad-3dc012fee2b4.jpg

83a94593-0e86-4a13-a349-d83d54f7eef6.jpg

36a06236-008b-4559-aded-a92d53445b56.jpg

WhatsApp Image 2026-07-21 at 07.05.44.jpeg

 

3da1ef1e-579b-455c-b17d-797ddcfdce26.jpg

aeede9c0-daca-48cf-a976-48de43172c87.jpg

6c158874-eb00-46c8-8b07-44344f8b0c85.jpg

17e45514-1949-4f2a-892b-c65979d04744.jpg

c779681c-89b9-4378-a43e-ad67071aac76.jpg

982f8c3d-6962-4088-903f-6fb72702262d.jpg

0c1538bd-46b6-433e-a59d-24e5e1ad86b1.jpg

4e64eace-03e6-4e01-ae5d-b2bee1fe3381.jpg

4.jpg
5.jpg
8.jpg
6.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट