२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

नारायणी, सप्तकोशी डेभलपमेन्ट बैंकसहित फाइनान्स कम्पनीमाथि राष्ट्र बैंकले चलायाे डण्डा

सोमवार , श्रावण ११, २०८३

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दुई वटा विकास बैंकसहित एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।

नियम विपरीत कार्य गरेको पाइएपछि आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्समाथि राष्ट्र बैंकले कारबाही  गरेकाे हाे।

कारबाहीका क्रममा नारायणी डेभलपमेन्ट बैंकले समस्याग्रस्त संस्थाको सूचीबाट हट्दा तोकिएका सर्तहरूको उल्लंघन गरेको पाइएको छ। एउटै ग्राहक, फर्म वा समूहलाई प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था आर्थिक वर्ष २०८१/८२ मा उल्लंघन गरिएकाले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम यस्ता कैफियत दोहोरिन नदिन सचेत गराइएको छ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २०८२ असोज मसान्तको वित्तीय विवरणका आधारमा गरिएको स्थलगत निरीक्षणका क्रममा भल्टको नगद अपचलन भएको र ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच पुगेको भेटिएको थियो। आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिनुका साथै घटनाको विस्तृत छानबिन गरी दोषीमाथि कारबाही नगरेको र आवश्यक नीति-कार्यविधि संशोधन गरी पर्याप्त सुधार नगरेकाले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन अनुसार सचेत गराइएको छ।

यसैगरी, रिलायन्स फाइनान्सले २०८२ फागुन १० गतेदेखि २०८३ बैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य मौज्दात रकम कायम नगरेकाले राष्ट्र बैंकले विद्यमान व्यवस्था अनुसार संस्थालाई २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिबाना गराएको छ। 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट