२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बुधबार : महाधिवेशन समीक्षा देखि संगठन व्यवस्थापनसम्मका एजेन्डा

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक श्रावण १३ गते बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्ने भएको छ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको सूचनाअनुसार बैठकमा हालै सम्पन्न पहिलो महाधिवेशनको समग्र समीक्षा प्रमुख एजेन्डाका रूपमा रहनेछ। महाधिवेशनबाट भएका निर्णयको कार्यान्वयन, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे पनि छलफल हुने जनाइएको छ।

बैठकमा आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन र विभिन्न तहमा मनोनयनका विषयमा निर्णय गरिने कार्यसूची रहेको छ। त्यसैगरी आगामी अभियान तथा कार्यक्रम सञ्चालनको तयारीबारे पनि केन्द्रीय समिति सदस्यहरूबीच छलफल हुनेछ।

बैठकको कार्यसूचीमा विविध विषयसमेत समावेश गरिएको छ। रास्वपाले सम्बन्धित सबै केन्द्रीय समिति सदस्यलाई तोकिएको समय र स्थानमा उपस्थित हुन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट