२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य, करण केसीको शानदार बलिङ

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको छ। अब नेपालले जितका लागि २१२ रन बनाउनुपर्ने भएको छ।

एक समय ४१.३ ओभरमा १६८/३ को बलियो अवस्थामा रहेको नामिबियालाई नेपाली बलरहरूले अन्तिम चरणमा उत्कृष्ट पुनरागमन गर्दै थप ४३ रनमै ४ विकेट झार्दै २११ रनमा सीमित गरे।

नेपालका लागि करण केसी नायक बने। उनले आफ्नो १० ओभरको स्पेलमा २९ रन खर्चेर ५ विकेट लिँदै नामिबियाको ब्याटिङ लाइनअप ध्वस्त पारे। यससँगै करणले ओडीआई क्रिकेटमा आफ्नो १००औँ विकेट पनि पूरा गरेका छन्।

नामिबियाका जान फ्राइलिंकले १५९ बलमा १०० रनको उत्कृष्ट शतकीय इनिङ्स खेले भने लाउरेन स्टिनक्याम्पले ८७ बलमा ५९ रन र मालान क्रुगरले १५ रनको योगदान दिए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट