२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

विश्वकप लिग २ : नेपालले नेदरल्यान्ड्सलाई दियो १५८ रनको लक्ष्य

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । युट्रेच्टस्थित स्पोर्टपार्क मार्स्खाल्करवेर्टमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सविरुद्ध ४४.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो । 

नेपालको लागि आरिफ शेखले ९० बलमा सर्वाधिक ४१ रनको योगदान दिए भने गुल्शन झाले ४२ बलमा २९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ४२ बलमा २१ रन, करण केसीले २० बलमा अविजित १४ रन, आसिफ शेखले १७ बलमा १४ रन तथा सोम्पाल कामीले १५ बलमा १० रनको योगदान दिए ।

नेदरल्यान्ड्सका लागि अनुभवी स्पिनर रोएलोफ भान डर मर्वेले ६.४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । एलेक्स रोयले ८ ओभरमा २४ रन खर्चेर ३ विकेट झारे भने लोगान भान बिकले ७ ओभरमा २१ रन दिएर २ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट