२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो, दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा ठप्प

मंगलवार , श्रावण १२, २०८३

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक आज बिहान सुक्खा पहिरो खस्दा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार मङ्गलबार बिहान करिब ८ः४५ बजे ठूलो परिमाणमा पहिरो खसेपछि उक्त सडक खण्ड बन्द भएको हो । पहिरो खसेलगत्तै सडक खुलाउनका लागि सम्बन्धित स्थलमा हेभी मेसिन परिचालन गरी पहिरो पन्छाउने काम तीव्र रूपमा अगाडि बढाइएको छ ।

सडक अवरुद्ध भएपछि मुग्लिनबाट नारायणगढतर्फ गइरहेका र नारायणगढबाट मुग्लिनतर्फ आइरहेका सयौँ सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन् । पहिरो हटाएर सवारी आवागमन पुनः सञ्चालन गर्न करिब डेढ घण्टा लाग्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालयले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रु तथा चालकहरूलाई धैर्य गर्न आग्रह गर्दै यथाशीघ्र यातायात सहज बनाउन काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट