logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • तराइ मधेश लोकतान्त्रिक पार्टीलाई  बिउँताईदै 

    तराइ मधेश लोकतान्त्रिक पार्टीलाई  बिउँताईदै 

    10.9K
    Shares

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल भित्रका असन्तुष्ट पक्षले तत्कालीन पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बिउँताउने भएका छन् । त्यसका लागि लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र डा.विजय सिंहको नेतृत्वमा पहल भइरहेको हो ।

    एक महिना अगाडि निर्वाचन आयोगमा रवीशंकर कुमार कर्ण (सुभाष कर्ण) को अध्यक्षतामा तमलोपा दर्ता भइसकेको छ । कर्ण तत्कालीन तमलोपाको विद्यार्थी संगठनका उपाध्यक्ष थिए । विभिन्न ६ दलसँग एकीकरण गरेर राजपा नेपाल बनेपछि उनी निस्कृय भएका थिए । कर्णकै नेतृत्वमा गठन भएको सो दललाई सक्रिय तुल्याउन लोसपा नेपालका असन्तुष्ट नेताहरुले पहल थालेको बताइएको छ । तमलोपा गठनका लागि वृषेशचन्द्र लालले नै निर्देशन दिएको बताइन्छ । स्रोतका अनुसार लोसपाका कार्यकारिणी सदस्य विजय सिंहलाई तमलोपाको अध्यक्ष बनाउने र सो पार्टीलाई सक्रिय बनाउने तयारी भइरहेको छ ।

    नेता लाल र सिंह लोसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता हुन् । अध्यक्ष ठाकुरले पार्टी सञ्चालन पुरानै ढर्रामा गरेको गुनासो उनीहरुको छ । पार्टी एकल नेतृत्व र सामूहिक निर्णयको आधारमा गठन भएको थियो । तर पार्टी एकल नेतृत्वकै आधारमा चलिरहेको गुनासो उनीहरुको रहेको निकट नेताहरु बताउँछन् ।

    काँग्रेसबाट विद्रोह गरेर महन्थ ठाकुरले २०६४ सालमा तमलोपा गठन गरेका थिए । पहिलो र दोस्रो संविधानसभामा सो दलको पनि उपस्थिति थियो । २०७४ मा मधेसका विभिन्न ६ वटा दलबीच एकीकरणपछि राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।

    चार वर्षपछि सोही पार्टीका नेताले तमलोपा पुनः दर्ता गराएका छन् । सो पार्टीको चुनाव चिन्ह कलश छ भने पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रङ छ । पार्टीको केन्द्रीय समिति हाललाई २१ सदस्यीय छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend