२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन

शनिवार , माघ ५, २०८१

भक्तपुर । मीनकुमारी राणा प्रतिष्ठानले समाजसेवी स्वर्गीय मीनकुमारी राणाको तेस्रो पुण्यतिथिमा प्रदान गरिने ‘प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी’ पुरस्कारका उपयुक्त पात्र छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कवीर राणाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रतिष्ठानले हरेक वर्ष मीनकुमारी राणाको वार्षिक पुण्यतिथिमा तीन विधामा पुरस्कार र एक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिए ।

अध्यक्ष राणाको संयोजकत्वमा गठित समितिमा वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत हुनुहुन्छ भने सदस्य सचिवमा महासचिव रवि राणा छन् ।

प्रतिष्ठानका अनुसार सबै पुरस्कारको राशि रु ५१ हजार एक छ । तेस्रो पुण्यतिथिका दिन दिवङ्गत मीनकुमारी राणाको प्रतिमा अनावरण तथा मीनकुमारी राणा मार्गको नामकरण गरिनेछ ।

पहिलो पुण्यतिथिमा वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई राष्ट्रपति डा रामवरण यादवबाट पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो पुण्यतिथिमा प्रजातन्त्र सेनानी सम्मानबाट पूर्वसांसद लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार किशोर नेपाल र वरिष्ठ बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका थिए ।

यसअघि राणा परिवारले अध्ययन गरेको भक्तपुर सानोठिमीस्थित आदर्श माध्यामिक विद्यालयका जेहन्दार विद्यार्थीलाई प्रदान गर्नेगरी रु ५१ हजार एक पूर्वविद्यार्थी समाजका अध्यक्ष वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेललाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट