२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर

आइतवार , माघ ६, २०८१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरु भत्काउन शुरु गरेको छ ।

आईतबार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन शुरु गरेको हो ।

भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ । सो क्रममा स्थानीयहरुले केहीबेर अवरोध समेत गरेका थिए ।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।

धोविखोला र वागमती नदी किनारमा करिव ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट