२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न, ५ सय जना श्रामणेरलाई प्रमाण पत्र प्रदान

शुक्रवार , फाल्गुण ३०, २०८१

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न भएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट चीवर दान गरी सुरुभएको क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई प्रमाण पत्र प्रदान गर्दै सम्पन्न गरिएको हो ।

थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा सम्पन्न प्रबज्या समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवर्द्धन गर्न मात्र नभई विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुगेको बताएका छन् ।

नयां भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेषगरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपुर्ण रहेको बताएका छन् ।

भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै शान्तिका लागि बुद्धको सन्देश विश्वभर लैजान विश्व समुदायलाई आग्रह समेत गरेका छन् ।

यस अघि लुम्बिनी परिसरमा भिक्षाटन र लुम्बिनीमा सात हजार दीप प्रज्वलन, देवदह, बुटवल र रामग्राम देखि लुम्बिनी धम्मयात्रा सम्पन्न भएको छ भने शनिबार वेलुकी भैरहवामा धम्म यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । व्यावहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाउने प्रबज्यामा भिक्षु बन्न इच्छुक व्यक्तिहरु निःशुल्क सहभागी भएका थिए ।

सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५ सय र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट