२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

भरतपुरका २९ वटा विषयगत सहकारी संस्था खारेज

बिहिवार , आषाढ ४, २०८३

चितवन । भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारी संस्था खारेज गरेको छ ।

प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो ।

भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवृद्धन शाखाका प्रमुख रोजी केसीले नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिइन् ।

महानगरभित्र कूल ३६३ सहकारी संस्था रहेकोमा उक्त सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट