२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूहबाट निकाल्नुपर्छ : सांसद खान

आइतवार , चैत्र २, २०८१

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले तराईका दलित समुदायको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद खांनले मधेसी दलितको शैक्षिक, आर्थिक तथा स्वास्थ्य अवस्था कमजोर रहेको र उनीहरु सामाजिक बहिष्करणमा परिरहेको बताएका हुन् ।

उनले अवसरबाट बञ्चित डोम र मुसहर समुदाय अझै विभेद भोग्न बाध्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । ‘मधेसी दलित समुदायको प्रौढ साक्षरता २३ दशमलव १ प्रतिशत मात्रै छ । यो समुदाय अझै पनि शिक्षा, रोजगार, स्वास्थ्य एवं अवसरबाट अलग छ’, उनले भने, ‘जब कुनै नागरिक आधारभूत मानवअधिकारबाट बञ्चित हुन्छ, त्यसले लोकतन्त्रलाई नै प्रश्न चिन्ह खडा गर्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले पूर्वविशिष्ट पदाधिकारीको आजीवन सेवासुविधा थप्ने विषयमा सरकारलाई गम्भीर हुन सुझाव दिए । उनले आजीवन सेवासुविधाले जनप्रतिनिधि सुविधा भोगतर्फ लक्षित हुने आशङ्का व्यक्त गरे ।

सांसद चौधरीले झण्डै १८ हजार कैदीबन्दी बिरामी रहेको भन्दै उनीहरुको औषधि उपचारका लागि सरकारको ध्यानाकर्षण गराए । कैदीबन्दीका कारण राज्यले बेहोर्न परेको आर्थिकभार कम गर्न विभिन्न चाडपर्वमा कैद माफीको विषयबारे पुनःविचार गर्नसमेत उनको माग थियो ।

आम जनता पार्टीका सांसद प्रभु साहले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धात्मक बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । त्यसका लागि यस एयरलाइन्सभित्रको बेथिति नियन्त्रण गर्दै सुधार र व्यवस्थापनको आवश्यकता औँल्याए ।

सांसद साहले नेपाली आकाश सुरक्षित बनाउने, सी–चेक गर्ने र हवाई भाडा शुल्क नियन्त्रण गर्ने विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । ‘पाँचवटा जहाज थन्किएर बसेको छ । यी जहाज कि उडाउनुपर्छ कि त व्यवस्थापन गर्नुपर्यो । यतिकै खर्चभार बढाएर सरकारले के सन्देश दिन खोजेको हो ?’, उनले भने ।

सांसद योगेन्द्र मण्डलले चतरा नहरको मुहानमा रहेको समस्या समाधान गर्न आग्रह गरे । ‘६८ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिएको नहर अहिले आठ हजारमा सीमित भएको छ । किसानहरु प्रभावित भएका छन्’, सांसद मण्डलले भने ।

नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले आगामी बजेटले अनौपचारिक अर्थतन्त्र अघि बढाउने गरी आउनुपर्ने बताइन् । उनले श्रम ऐन कार्यान्वयनमा जोड दिँदै योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा नियमनको आवश्यकता औँल्याए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको समस्या सम्बोधन गर्नतर्फसमेत ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट