२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

माँ कामाख्या दर्शन गर्न लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आकर्षण उच्च, पाँचतारे होटेल बनाउने कार्य तीव्र

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । माँ कामाख्या दर्शन गर्न पछिल्लो समय लुम्बिनी केवलकारमा भारतीय पर्यटकको आकर्षण उच्च देखिएको छ । बैशाखदेखि जेठसम्मको दुई महिनाको अवधिमा कुल आगमनमध्ये करिब ६५ देखि ७० प्रतिशत भारतीय पर्यटक रहेका छन् भने बाँकी नेपाली पर्यटक रहेका छन् । विशेषगरी भारतको गोरखपुर, महाराजगञ्ज र बाल्मीकिनगर क्षेत्रबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । 

लुम्बिनी केवलकार सञ्चालनमा आएपछि केवलकारलाई मात्र नभई आसपासका होटल, स्थानीय बजार र व्यवसायलाई पनि ठूलो फाइदा पुगेको छ । भारतीय पर्यटकको आगमन बढेसँगै सीमावर्ती क्षेत्र र बुटवल आसपासको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ ।

लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले भारतीय पर्यटक पछिल्ला दिनमा उल्लेख्य बढिरहेको जानकारी दिए । घिमिरेका अनुसार सामान्य दिनमा भारतीय पर्यटकको उपस्थिति सीमित रहेकोमा हालको अवस्थामा पहिलाको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।   केवलकार मात्र नभई प्रख्यात कामाख्या मन्दिर पनि पर्यटकीय गन्तव्यप्रति आकर्षण बढाएको छ ।  नेपाल तथा भारत दुवैतर्फका पर्यटक मन्दिर दर्शनका लागि आउने क्रम बढ्दो छ ।

WhatsApp Image 2026-06-18 at 2.25.42 PM.jpeg
undefined

केवलकार चढेर पुगिने टप स्टेशनमा रहेको माँकामाख्या मन्दिर पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र बनेको उनको भनाइ छ । नेपाल र भारत दुवैतर्फका श्रद्धालुहरूमा यस मन्दिरप्रति ठूलो आस्था रहेको छ । माताको दर्शन गर्नाले मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वासका कारण पनि दर्शनार्थीहरूको भीड लाग्ने गरेको म्यानेजर घिमिरेले बताए ।

लुम्बिनी केवलकारले केवलकार सेवा मात्र नभई लुम्बिनी क्षेत्रलाई एक पूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको उनले बताए । रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोड्ने लुम्बिनी केबलकार २०८० जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो ।

औपचारिक उद्घाटन भने २०८० जेठ २५ गते भएको थियो । स्थानीय व्यवसायी र आईएमई समूहको लगानीमा निर्माण भएको लुम्बिनी केबलकार बुटवलको बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म करिब ३.६० किलोमिटर दूरीको छ ।

f34487d8-6c65-40e1-beb7-28f9562d0f6b.jfif

आगामी दिनमा थप भौतिक संरचनाको विस्तार र विकासका नयाँ योजनाहरू ल्याउने तयारी भइरहेको अपरेसन म्यानेजर डी.एन. कायस्थले जानकारी दिए ।  सैंजूका अनुसार अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित लुम्बिनी केवलकार विश्वकै अत्याधुनिक प्रविधियुक्त तथा सुरक्षित केवलकारमध्ये एक हो ।  आधुनिक सुरक्षा प्रणाली र प्रविधिका कारण यो सेवा पर्यटकका लागि भरपर्दो र सहज बनेको छ । उनका अनुसार केवलकारले एक दिनमा करिब ६ हजार जनासम्म यात्रु ओसारपसार गर्न सक्ने क्षमता राख्छ ।

3f47580d-0ca8-4796-9e8d-591936ab80a1.jfif
undefined

आगामी दिनमा थप क्षमता विस्तार गर्न लागिएको उनको भनाइ छ । डेढ अर्ब बढी लगानीमा सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा एक हजार जना क्षमताको बैंक्वेट हलसहित साढे तीन अर्ब लगानीमा पाँचतारे होटेल निर्माणको प्रकृया अघि बढेको केबलकारका अपरेसन म्यानेजर सैंजूले बताए । विशेषगरी भारत उत्तर प्रदेशका  पर्यटकलाई लक्षित गरी पाँच तारे होटल निर्माण गर्ने तयारीमा रहेको उनको भनाइ छ ।  भारतीय पर्यटकको आगमन बढाउन तीन वर्षभित्र पाँचतारे होटेलको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको  सैंजूले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट