२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

राप्रपा कार्यसम्पादन समितिको बैठक सुरु, उत्पन्न परिणामबारे छलफल

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरूको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्न लागेको हो ।

शुक्रबार राजतन्त्रको समर्थनमा गरिएको प्रदर्शनपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

राप्रपा मुख्यालयमा जारी बैठकमा सोही विषय लगायत आन्दोलनको क्रममा भएको हिंसात्मक घटनामा केन्द्रित रहेर छलफल गरिने राप्रपाका एक नेताले बताए ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट