२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

शान्तिनगर-२ का वृद्धवृद्धा पीडित: वडाध्यक्षको रिसिबिले गापा अध्यक्षले रोके निशुल्क बितरण गर्ने औषधि

आइतवार , चैत्र २३, २०८१

दाङ, शान्तिनगर । शान्तिनगर गाउँपालिका वडा नं २ मा दुई वर्षदेखि ६० वर्षभन्दा माथिका करिब ५५ जना वृद्धवृद्धालाई निःशुल्क रूपमा दिइँदै आएको दम, सुगर, र प्रेसरको औषधि अहिले गाउँपालिकाले रोकिदिएको छ। यस निर्णयका कारण वडाका वृद्धवृद्धा स्वास्थ्य समस्याबाट थप पीडित बनेका छन्।

शान्तिनगर गाउँपालिका वडा न. २ ले करिब २ वर्ष अगाडि बाट बितरण गर्दै आएको औषधि बिना कुनै ठोस कारण एक्कासी बितरण गर्न रोकेको हो ।

वडाध्यक्ष ओलिका अनुसार गाउँपालिकाका अध्यक्षले म सँगको व्यक्तिगत रिसिबीका कारण नै औषधि वितरण रोक्नु भएको हो। "वडास्तरबाट सहज रूपमा चलिरहेको यो योजना कुनै ठोस कारणबिना नै बन्द गरिएको छ, जसले वृद्धवृद्धालाई ठूलो समस्या परिरहेको छ," वडाध्यक्ष ओलिले बताए।

स्थानीय वृद्धहरू यो निर्णयले निकै मर्कामा परेका छन्। "हामीलाई नियमित चाहिने औषधि लिन अब पैसा जुटाउन गाह्रो छ। वडा कार्यालयले दिंदै आएको औषधि गाउँपालिकाले किन रोक्यो, यसले गर्दा हामी धेरै मर्कामा परेका छौ ।" स्थानीय वृद्धबृद्वा बताउछन ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट