२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

शिक्षा प्रणालीलाई रुपान्तरण गर्ने सोचसहित लामा र श्रेष्ठको दूरदृष्टिले जन्मिएको ‘मनास्लु’

शनिवार , आषाढ ७, २०८२

  काठमाडौँ । कोरोना महामारीले विश्व आक्रान्त थियो । लकडाउनका कारण विश्वको जनजीवन अस्तव्यस्त थियो । अधिकांशमा नैराश्यकता छाएको थियो । अवसरहरु एकपछि अर्को गर्दै गुम्दै जाँदा मानिसहरु असफलतातर्फ अग्रसर हुँदै थिए । अर्थतन्त्रमा उत्पादन नहुँदा माग र आपूर्तिको वैश्विक शृङ्खलामा अवरोध सृजना भएको थियो ।

यही समयमा गेन्द्र लामा र  राजन श्रेष्ठले भने मुलुकको शिक्षाको विकासमा नयाँ इँटा थप्ने योजनाका साथ काममा तल्लिन थिए । “म माक्र्सबाटी विचारबाट प्रेरित मान्छे, हरेक विनाशमा पनि अवसर हुन्छ भन्नेमा विश्वास गर्छु, कोरोना महामारीको समयलाई अवसरको रुपमा सदुपयोग गर्यौ ”, लामाले सुनौलो नेपालसँगको कुराकानीमा भने ।

लामा र श्रेष्ठलगायतको टीमले कोरोनाको कहरबीच सुरु गरेको मनास्लु वल्र्ड कलेज यतिबेला नेपालको शैक्षिक उन्नयनमा इँटा थप्ने काम गरेको छ । त्यसअघि लामा र श्रेष्ठ छुट्टाछुट्टै स्कुलको प्रिन्सीपल थिए ।  तर लामालगायतको टीम त्यतिमा मात्रै सन्तुष्ट हुनसकेको थिएन ।

“स्कुल राम्रो थियो, तर हामीलाई यो क्षेत्रमा धेरै काम गर्नुथियो, हाम्रा लागि स्कुल साँघुरो घेरा बनिदिएको थियो”, लामाले भने, “त्यसैले हामीले एउटा शिक्षाप्रेमीको टीम बनायौँ र यसमा जुट्यौँ ।” विसं २०७६ मा उनीहरुले मनास्लु टिम अफ इन्टरपेनर नामक इन्भेष्टमेन्ट कम्पनी दर्ता गरे । जसको उद्देश्यमा शिक्षा क्षेत्र पनि समावेश थियो । फलस्वरुप मनास्लु वल्र्ड कलेजको जन्म भयो । उनीहरुको टीममा राजन पनि जोडिए र नयाँ यात्राको सुरुआत गरे ।

लामा र श्रेष्ठ तथा उनीहरुको टीमले देखेको प्लस टुदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउने राम्रो शिक्षालय बनाउने महत्वाकांक्षी सपनाले अहिले मूर्तरुप लिँदैछ । कलेजका क्याम्पस प्रमुख श्रेष्ठका अनुसार लक्ष्य प्राप्ति भइसकेको छैन, तर त्यसतर्फको बाटोमा संस्था भने अग्रसर भइसकेको छ । “समयक्रमसँगै लक्ष्य र योजनाहरु पनि परिमार्जित हुन्छन्, त्यो समयको माग र आवश्यकताले पनि निर्धारण गर्छ, त्यसैले हामी सही बाटोमा छौँ भन्ने थाहा छ, हामी दृष्टिकोण र लक्ष्यमा स्पष्ट छौँ त्यसैले हामी सफलताको बाटोमा छौँ भन्न सक्छौँ”, श्रेष्ठले भने ।

लामा र श्रेष्ठ छोटो समयमा मनास्लु कलेजले प्राप्त गरेको विश्वास र मायाप्रति गर्व गर्छन् । कलेजलाई यो उचाइमा पुर्याउने टीमले गरेको ठूलो मेहनत तथा विद्यालय र अभिभावकले गरेको विश्वास र निस्वार्थ हो भन्छन् उनीहरु ।

“यो कलेज स्थापना गर्नुको उद्देश्य रहर वा पैसा कमाउने मात्र  थिएन, हामी दीर्घकालीन सोचका साथ मुलुकको उच्च शिक्षामा नयाँपन दिँदै आमूल परिवर्तनको सम्बाहक बन्ने लक्ष्यका साथ अगाडि बढेका थियौँ”, अध्यक्ष लामाले भने, “हामी पटकपटक हामी हाम्रो मिसन र भिजनका विषयमा समयसापेक्ष छलफल, अन्तरक्रिया र बहस गर्ने भएकाले पनि हामीले असफलता देख्नु परेको छैन ।”

सन् २०१९ कलेज सुरु हुँदा पहिलो वर्ष नै कक्षा ११ मा ५०० भन्दा बढी विद्यार्थी भर्ना भएका थिए । त्यसयता सन् २०२५ सम्म आइपुग्दा पाँचौ  ब्याचले अध्ययन गरिरहेका छन् । हालसम्म कलेजमा चार हजारभन्दा बढी विद्यार्थी आबद्ध भइसकेका छन् । समयसँगै कलेजले विभिन्न कोर्स पनि लागू गर्न थालेको छ ।

कलेजमा अहिले  विज्ञान, व्यवस्थापन, कानून  र मानवीकी लगायतका पढाइ भइरहेका छन् । स्नातक तहमा बीबीएस अध्यापन भइरहेको छ भने आगामी दिनमा आइटी, हस्पिटालिटीमा बीएचएमको कोर्स सुरु गर्ने योजना छ । साथै विदेशी विश्वविद्यालयका केही कोर्स पनि सञ्चालन गर्ने योजना छ ।

अध्यक्ष लामा आफूहरु यहाँसम्म आइपुग्नुको कारण, टीमवर्कलाई मान्छन् । “मैले विश्वास गर्ने भनेको मेरो टीमलाई हो, व्यक्तिगत विचार र स्वार्थ हावी भएर संस्था बन्न सक्दैन भन्ने बुझेका छौँ”, उनले भने, “हामीहरु यो क्षेत्रमा २०औँ वर्ष काम गरिरहनुको परिणाम पनि यही हो ।” उनी आफूले सुरुआतदेखि हालसम्म पनि एक्लैले काम नगरेको भन्दै सहकार्यमा जोड दिँदै आएको बताए । उनी एक्लै काम गर्दा कुनै समस्या आइपरे समाधान निस्कन गाह्रो हुने बताउँछन् । समस्या समाधानमा सहकार्य हुँदा सहज हुने उनको अनुभव छ । उनी संस्था सञ्चालनका लागि राम्रो पद्धती र  प्रणालीको विकास भयो भने त्यसले संस्थागत बनाउँदै उनन्यनमा सहयोग पुग्ने बताउँछन् ।

“हामी सबैसँग आ–आफ्नै क्षमता छन्, सबैको क्षमतालाई एउटै ठाउँमा ल्याउन सकियो भने त्यसले दिने परिणाम सकारात्मक र दीर्घकालीन हुन्छ भन्ने हामीलाई थाहा छ”, उनले भने, “२०७२ सालमा भूकम्प जाँदा एक्लै भएको भए सायद आजको अवस्थामा आउने अवस्था रहँदैनथ्यो ।”

क्याम्पस प्रमुख श्रेष्ठ पनि सहयर्का र निरन्तरको प्रभावकारी संवाद हुनुपर्नेमा जोड दिन्छन् ।  एउटा संस्था बनाउने विषय सामान्य नभएको उल्लेख गर्दै उनी संस्था बनाउन धेरै मानिसहरुको सहयोग र सहकार्य जरुरी हुने बताउँछन् । यसका लागि निरन्तरको सहकार्य र संवाद जरुरी भएको उनको बुझाइ छ । “संस्था बनाउने यात्रामा हिँडेका हामीबीच पनि केही  मतभेद  हुनसक्छन, तर त्यसलाई हामी संस्थाको विकासका लागि सदुपयोग गरेका छौँ, बहस र अन्तरक्रियामार्फत सकारात्मक निचोडमा पु¥याउन सकेका छौँ”, उनले भने । उनी आफूहरुले अहिले नै आगामी पाँच वर्षको मिसन र भिजनका साथ अगाडि बढेको बताउँछन् ।

कलेज भविष्यका लागि नेतृत्व उत्पादन गर्ने थलो हो । “राजनीतिमा मात्रै होइन, अर्थतन्त्र, सञ्चार, स्वास्थ्य, कलाकारिता, खेलकूदलगायतका क्षेत्रका लागि नेतृत्व उत्पादन गर्ने गरी हामीले काम गरिरहेका छौँ, विद्यार्थीको रुचि र चाहनाअनुरुप काम पनि गरिरहेका छौँ”, उनले भने । आफूहरुले जीपीए वा ग्रेडमा मात्रै विश्वास नगरी उनीहरुको चौतर्फी विकासका लागि कलेजले ठूलो लगानी र मेहनत खर्चेको बताउँछन् ।

('सुनौलो नेपाल बार्षिक विशेषाङ्गक २०८२' म्यागजिनबाट साभार )

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट