चितवन । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री दोषी नरहेको दाबी गरेका छन् ।
चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले गृहमन्त्रीमाथिको आरोप झुटो भएको बताएका हुन् ।
यस्तै, सभापति देउवाले कांग्रेस र एमाले दुई भिन्न पार्टी भएकाले निर्णयहरूमा सामान्य असमझदारी हुनु ठूलो विषय नभएको बताए।
उनले भने, ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’
प्रतिक्रिया दिनुहोस