काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा उनले सो जानकारी गराएका हुन् ।
प्रधानमन्त्री शनिबार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेका हुन् ।
असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरू हुने उनले बताए । असार १५ गते उनी स्पेन पुग्नेछन् । भ्रमण टोलीमा २१ जना सहभागी हुने छन् ।
प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस