२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

खडेरीको मारमा रहेको मधेशको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री ओली आज त्यसतर्फ जादैँ

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बरा र महोत्तरी जाँदै छन् । खडेरीको मारमा रहेको मधेश प्रदेशको वस्तुस्थिति बुझ्न बारा र महोत्तरी जान लागेको हो।

प्रधानमन्त्री ओलीले फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन नसकेको भन्दै त्यहाँको वस्तुस्थिति हेर्न र स्थानीय किसानहरूका कुरा सुन्न मधेश प्रदेश जान लागेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’

हिजो भने व्यस्तताले बाहिर ननिस्किएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।’ हिजो बाहिरका कार्यक्रममा सहभागी नभए पनि आज महोत्तरी र बारा जाँदै छु उनले लेखेका छन्।

नेपालको अन्नभण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि किसानहरुले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् ।

साउन ७ गते बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट