काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा ऋषिराज जोशी चयन भएका छन्।
कम्पनीको २०८३ असार ८ गते बसेको सञ्चालक समितिको ३३२औं बैठकले जोशीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालको एक अग्रणी तथा प्रतिष्ठित राष्ट्रिय स्तरको 'घ' वर्गको वित्तीय संस्था हो। स्थापनाकालदेखि नै यसले विपन्न तथा सीमान्तकृत समुदाय, विशेष गरी ग्रामीण महिलाहरूलाई वित्तीय साक्षरता र लघुवित्त सेवा पुर्याउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस