२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी अवरूद्व

आइतवार , भाद्र १, २०८२

राजेन्द्र आचार्य 

चितवन : चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी अवरूद्व भएको छ ।

आज बिहान ४:०० बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो ।

पहिरो हटाउनको लागि सडक डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ । अबको करिब २-३ घण्टा भित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजन चितवनले जनाएको छ ।

वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध सडक डिभिजनले गरेको छ । भने वैकल्पिक सडक समेत प्रयोग गर्न अपिल गरेको छ ।

सडक वन्द हुदां मुग्लिन र नारायणगढ तर्फ धेरै सवारी लामवद्व छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट