२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मुगुमा जनचेतना मूलक मातृ–शिशु स्वास्थ्यसम्बन्धी देउडा गीत प्रतियोगिता

सोमवार , भाद्र ९, २०८२

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतना मूलक देउडा गीत प्रतियोगिता सम्पन्न भएको छ।

स्वास्थ्य सचेतनाका सन्देशलाई सांस्कृतिक माध्यमबाट समुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिए हो । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा सात वटा स्वास्थ्य आमा समूह को सहभागी रहेको थियो।

मातृ–शिशु स्वास्थ्यका महत्वपूर्ण पक्षहरूमा जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक देउडा गीत प्रतियोगिताको आयोजना गरिएको र ग्रामीण भेगमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको कार्यक्रम संयोजक सबिता शाहीले बताइन्।

कार्यक्रममा सहभागी समूहहरूले सुत्केरी सेवा, पोषण, नियमित खोप, स्तनपान, सरसफाइ तथा शिशु रोगहरूबाट बच्ने उपाय जस्ता विषयवस्तुमा आधारित सन्देशमूलक देउडा गीत प्रस्तुत गरेका थिए।

प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरीबेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए।

सबै टिमलाई पुरस्कार संगै सम्मान गरिएको थियो।

प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरीबेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय, शिक्षक,युवा क्लब, महिला समूह लगायतको उत्साहजनक उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट