२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

अमेरिकी पासपोर्ट २० वर्षपछि शीर्ष १० बाहिर, नेपालको १०१औं स्थानमै यथावत

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । सन् २०२५ का लागि जारी हेनले पासपोर्ट इन्डेक्समा अमेरिकाको पासपोर्ट २० वर्षयताकै कमजोर स्थितिमा पुगेको छ। पहिलो पटक अमेरिकी पासपोर्ट शीर्ष १० शक्तिशाली पासपोर्टको सूचीबाट बाहिरिदै १२औं स्थानमा झरेको हो।

हेनले एण्ड पार्टनर्सले सार्वजनिक गरेको सूचकाङ्कअनुसार अमेरिकी पासपोर्ट मलेसियासँगै १२औं स्थानमा पुगेको छ। अमेरिकी नागरिकले अहिले २२७ मध्ये १८० देशमा भिसा बिना यात्रा गर्न पाउने अवस्था छ।

सूचकाङ्कमा सिंगापुर पहिलो स्थानमा उक्लिएको छ, जसका नागरिकलाई १९३ देशमा भिसा विनाप्रवेश अनुमति छ। दक्षिण कोरिया १९० गन्तव्यमा प्रवेश सुविधा पाएर दोस्रो स्थानमा छ भने जापान १८९ देशका साथ तेस्रो स्थानमा छ।

दक्षिण एशियामा भारतको सुधार, नेपाल स्थिर

नेपालको पासपोर्ट १०१औं स्थानमै यथावत छ। भारत भने ८ स्थान उक्लँदै ७७औं स्थानमा पुगेको छ। हाल भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा मात्र भिसा–फ्री प्रवेश सुविधा छ। नेपालपछि स्थानक्रममा सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान पर्छन्।

अमेरिकी पासपोर्ट कमजोर हुनुका कारण

हालैका वर्षहरूमा थुप्रै देशले अमेरिकाका लागि भिसा नियम कडा बनाएका छन्। ब्राजिलले अप्रिलदेखि भिसा–फ्री प्रवेश बन्द गरेको छ भने चीनले पनि आफ्ना नयाँ सूचीकृत भिसा–फ्री कार्यक्रमबाट अमेरिकालाई बाहिर राखेको छ। त्यसैगरी, पपुवा न्यु गिनी, म्यानमार, भारत, सोमालिया र भियतनाममा लागू भएका नियम परिवर्तनले पनि अमेरिकी पासपोर्टको पहुँच कमजोर बनाएको सूचकाङ्कमा उल्लेख छ।

हेनले एन्ड पार्टनर्सका अध्यक्ष क्रिस्चियन एच. कालिनका अनुसार अमेरिकी पासपोर्टको खस्कँदो स्थिति केवल र्‍याङ्किङको प्रश्न नभएर बदलिँदो शक्ति सन्तुलनको संकेतसमेत हो। “खुलापन अपनाउने देशहरू अघि बढिरहेका छन्, पुरानो सोचमा अडिएका राष्ट्रहरू पछि परिरहेका छन्,” उनले टिप्पणी गरे।

विशेषज्ञ एनी फोर्जहाइमरले अमेरिकी नीतिहरू र कठोर कूटनीतिक दृष्टिकोणले यसमा असर परेको बताएकी छन्। बेलायती पासपोर्ट पनि आफ्नो प्रभाव गुमाउँदै गएको छ। छैटौं स्थानमा रहेको बेलायत अहिले आठौँ स्थानमा झरेको छ। सन् २०१५ मा बेलायत पहिलो स्थानमा थियो।

चीन भने उल्लेख्य सुधारतर्फ उक्लिएको छ। सन् २०१५ मा ९४औं स्थानमा रहेको चिनियाँ पासपोर्ट अहिले ६४औं स्थानमा पुगेको छ। चीनले ३७ नयाँ मुलुकमा भिसा–फ्री सुविधा विस्तार गरेको छ र ७६ देशका नागरिकलाई भिसा बिना प्रवेश अनुमति दिन थालेको छ, जुन अमेरिकाभन्दा ३० देश बढी हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट