२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

तीन जना मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण

सोमवार , आषाढ ८, २०८३

भरतपुर । भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गरेका छन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गरेका हुन् ।

सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या समाधनका लागि धुर्वघाटमा पक्की पुल निर्माण गरेर व्यवस्थित सडक निर्माण गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए ।

मन्त्री लम्सालले धुर्वघाटको पुल र सडकको निर्माणका लागि छिट्टै टेण्डर खोलिने बताए । हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो ।

अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको छ । धुर्व पोष्टबाट राप्ती नदीमा ५०० मिटर लामो पुल निर्माण गरिने चितवन–३ का सांसद तथा मन्त्री सोविता गौतमले बताइन् । उनले निकुञ्जभित्र सडकको बैकल्पिक रेखाङ्कन भइरहेको जानकारी दिइन् ।

धुर्पघाटमा पुल निर्माण भए माडी जाने बाटो झण्डै पाँच किलोमिटर छोटो हुनेछ । यो सडक भरतपुरबाट माडी ठोरी हुँदै वीरगञ्जसम्म पुग्छ । भरतपुरबाट भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी जानका लागि यही मार्ग छोटो पर्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट