२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो, त्यहाँबाट काठमाडौं ल्याइने

सोमवार , आषाढ ८, २०८३

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेर नेपालगञ्ज लगेको छ । 

पूर्वअर्थमन्त्री समेत रहेका उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्गत प्रदेशस्तरीय कार्यक्रमका लागि पौडेल सुर्खेत पुगेका थिए । कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको  हो । 

सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि अहिले प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज लगेको छ । उनलाई नेपालगञ्जबाट हवाई मार्गमार्फत काठमाडौं ल्याइने छ । 

वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू पनि थिए । 

पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको घरमा छापा मारेको थियो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट