काठमाडौं । चितवनमा हिजोदेखि सुरु भएको रास्वपा महाधिवेशनको बन्द सत्र आजका लागि स्थगित भएको छ ।
प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गरिएको हो ।
महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण आज बन्द सत्र सुरु हुन सकेन । विवादका विषयहरू टुंगो लगाउने गरी तयारी गरिएको छ ।
आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ भने भोलिबाट बन्दसत्र सुरु हुनेछ ।
आज बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । बन्द सत्र आजका लागि स्थगित भएपछि महाधिवेशन स्वतः एक दिन लम्बिएको छ ।
प्रतिक्रिया दिनुहोस