२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

सिन्धुपाल्चोकमा ७,७०० भेप बरामद : २ करोड ३९ लाखभन्दा बढी मूल्यको सामान नियन्त्रणमा

सोमवार , आषाढ ८, २०८३

सिन्धुपाल्चोक / जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैध रूपमा ल्याएको ठूलो परिमाणको भेप (विद्युतीय चुरोट) सहित एक जनालाई नियन्त्रणमा लिएकोे छ । 

प्रहरीका अनुसार बाह्रबिसे नगरपालिका–३ खागदल क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा तातोपानी नाकाबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाइछिपाइ ल्याइएको भेप बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले गाडी जाँच गर्ने क्रममा जम्मा ७ हजार ७ सय थान भेप फेला पारेको थियो। उक्त सामानसहित जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

a7f3ac9e-7c21-4b77-a906-fb4378793b34.jpg

प्रहरीका अनुसार बरामद गरिएको भेपको अनुमानित बजार मूल्य २ करोड ३९ लाख ५० हजार रुपैयाँ रहेको छ। साथै सामान ओसारपसारमा प्रयोग गरिएको प्रदेश ०३–०२–०२४ च २२९९ नम्बरको बोलेरो गाडी समेत नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य १५ लाख रुपैयाँ रहेको बताइएको छ।

घटनापछि नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद सामानलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट