काठमाडौं । बाराको सिमरामा बिहीबार पनि प्रदर्शन जारी छ। नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बुधबार उत्पन्न विवादपछि तनावग्रस्त बनेको क्षेत्र आज दोस्रो दिन पनि प्रदर्शन भएको छ ।।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबारै कर्फ्यू आदेश जारी गरेको थियो। बेलुकीतिर स्थिति केही शान्त भए पनि आज बिहानदेखि पुनः प्रदर्शन सुरु भएको हो।
बिहीबार बिहान १० बजेदेखि जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता तथा कार्यकर्ता पक्राउको माग राख्दै उनीहरूले विरोध जारी राखेका छन्।
प्रतिक्रिया दिनुहोस