२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वाधार विकास नभई नेपालमा आयात प्रतिस्थापन हुन सक्दैन, सरकारले पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष अग्रवाल

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले पूर्वाधार विकास नभईकन नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने बताउँदै पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले सडक, ऊर्जा, जलस्रोत, शहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गर्न सरकारलाई आग्रह गरे । साथै, निर्माण क्षेत्रमा कार्यरत व्यवसायीहरूलाई समयमै भुक्तानी नहुँदा परियोजनाहरू प्रभावित हुने गरेको उल्लेख गर्दै भने, “जसरी सरकारले पन्ध्र दिनभित्र कर्मचारीलाई तलब दिने प्रतिबद्धता व्यक्त गरेको छ त्यसैगरी पूर्वाधार क्षेत्रको विकासमा योगदान दिने निर्माण व्यवसायीहरुलाई पनि समयमै भुक्तानी दिईनु पर्दछ ।”

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडी बढे आर्थिक विकासको लक्ष्य हासिल गर्न अझ सहज हुने बताउनुहुँदै सोका लागि निजी क्षेत्रका समस्याहरु सुनेर अघि बढनु पर्ने उल्लेख गरे ।

यसैगरी महासंघका अध्यक्ष निकोलस पाण्डेले विकासशील राष्ट्रका लागि पूर्वाधार नै आर्थिक प्रगतिको मेरुदण्ड भएको उल्लेख गर्दै नेपालको वर्तमान सन्दर्भमा निर्माण क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले हाल निजी क्षेत्रप्रति सरकारी व्यवहार अपेक्षाअनुसार सहयोगी नभएको भन्दै व्यवसायीहरूमा निराशा बढिरहेको बताए । निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या ढिला भुक्तानी, जटिल प्रशासनिक प्रक्रिया, लागत वृद्धिका चुनौतीहरू समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ