२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने, अरु केके भए निर्णय ?

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । सरकारले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ । 

सिहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष बैंशाख २८ गते बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न अनुरोध गर्ने र सांसदहरुको उपस्थीतिका लागि आह्वान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले विदेशस्थित १५ जना नेपाली कन्सुलर जनरल र कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ भने अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए । 

त्यस्तै बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ नंवर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न श्रम मन्त्रालयलाई स्वीकृति दिएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ