२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले ल्याएको नीति तथा कार्यक्रम खारेज गर्दै पुर्नलेखन गर्नुपर्छ : बादल

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारले ल्याएको नीति तथा कार्यक्रम खारेज गर्दै पुर्नलेखन गर्न माग गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको नीति तथा कार्यक्रम रास्वपाको वाचापत्रको नवीन संस्करण र निरन्तरता भएको भन्दै पुर्नलेखन गर्न माग गरेका हुन् ।

उनले राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरु देशद्रोही भएको टिप्पणी गर्दै उनीहरुप्रति नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा मौन रहेको उल्लेख गरे । नेपाली सेनाप्रति पनि गम्भीर प्रश्न उठाउदै थापाले लिपुलेकमा अतिक्रमण हुँदा सेनाले सुकुमवासी बस्तीहरूमा परेड खेलेको बताए । 

सुशासन, सुसंस्कार र संस्कृतिको नमूना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सभामुख लाचार र नतमस्तक भएको उनको भनाइ छ । 

थापाले रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल नभइ आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड भएको टिप्पणी गरे । 

निर्वाचनमा रास्वपाले पाएको सफलता योगदान, बलिदानका कारण नभइ दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र अदृश्य प्रभावहरूको कुल परिणाम भएको उनले तर्क गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ