२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पार्टीको पहिलो महाधिवशेनले रवि लामिछानेलाई नै सर्वसम्मत रुपमा सभापति चयन गर्छ : कविन्द्र बुर्लाकोटी

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको पहिलो महाधिवशेनले रवि लामिछानेलाई नै सर्वसम्मत रुपमा सभापति चयन गर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सभापति पदमा लामिछाने नै दोहरिने बताएका हुन् । उनले पार्टीलाई बलियो र एकढिक्का बनाउदै देशलाई निकास दिनका लागि पनि नेतृत्वमा हानथाप गर्न उचित नहुने धारणा राखे ।

सभापति बाहेक अन्य बिभिन्न पदमा आकांक्षी प्रस्तुत गर्नु स्वभाविक भएपनि औपचारिक रुपमा कुनै छलफल नभएको उनले बताए । 

उनले महाधिवेशनलाई सफल बनाउन उपसमिति बनाएर काम भइरकेको र तीव्र रुपमा तयारी अघि बढिसकेको बताए । रास्वपाले पार्टीको स्थापना दिवस पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ