२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी बर्षको बजेट आउँछ : अर्थमन्त्री वाग्ले

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी बर्षको बजेट आउने बताएका छन् । 

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लेले नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण रुपमा तालमेल रहेको भन्दै आगामी बजेट पनि त्यहि दिशामा हुने बताए । 

उनले निजी उद्यमीको आवरणमा बदमासी गर्नेहरुको बचाउ नगर्दिन बिपक्षी सांसदहरुलाई आग्रह गरे । श्रमिक, किसान, भूमिहीन, सुकुम्बासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउने गरि सरकार प्रस्तुत हुने उनले बताए । गरिबीको खेती नै गर्ने एउटा ठूलो उद्योग रहेको भन्दै उनले त्यसले निरन्तरता नपाउने स्पष्ट पारे ।

मन्त्री वाग्लेले पुरानै शब्दजालको खोजी गर्नेहरुले सरकारको कार्यक्रममा नयाँ कुरा नभेटेको तर्क गरे । विद्रोहपछि धेरै कुरामा बदलाव भएको र बाचापत्रमा प्रस्तुत गरेका सय बुँदालाई जनताले अनुमोदन गरेको भन्दै उनले त्यसलाई विशेष ध्यान दिने उल्लेख गरे । 

उनले सरकारको कार्यक्रमलाई आफ्नै दस्तावेज बनाउन अर्को चुनाव कुर्न सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ