२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले सचिवालय बैठक : पार्टी नेतृत्वको बिकल्पमा बिषयमा नेताहरुको फरक–फरक धारणा

शनिवार , जेठ ९, २०८३

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकमा पार्टी नेतृत्वको बिकल्पमा बिषयमा नेताहरुले फरक–फरक धारणा राखेका छन् । 

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा धारणा राख्ने केहि नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने केहि नेताहरुले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् । 

शनिबारको बैठकमा महासचिवदेखि तीनजना उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । आइतबार सचिवालयको बैठक पुनः बस्ने र बाँकी चार जना सचिवहरुले धारणा राखेपछि अध्यक्षको जवाफसंगै बैठक सम्पन्न हुने उनले बताए । 

उपमहासचिव भट्टले शुक्रबारको बैठकमा भएका छलफल अतिरञ्जित ढंगले बाहिर आएको भन्दै बैठकमा हुने छलफल र बहसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । 

उनले सचिवालय बैठकमा कुनै नेताले पनि तत्काल अध्यक्षको राजीनामाको माग नगरेको बरु अध्यक्षकै नेतृत्वमा समस्या समाधान गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएको दावी गरे । सचिवालय बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने भट्टले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ