२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पञ्चकन्या सुपर लिगको उपाधि वेष्टर्न क्रिकेट क्लब बुटवललाई

शनिवार , जेठ ९, २०८३

लुम्बिनी । ‘पञ्चकन्या रूपन्देही सुपर लिग’ को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको २४औँ संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत सिजनको सुपरलिग पनि वेष्टर्नले नै जितेको थियो ।

उपाधि विजेता वेष्टर्नले रु एक लाख एक र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले रु ५० हजार एक प्राप्त गर्‍यो । टस जितेर ब्याटिङमा आएको वेष्टर्नले निर्धारित ५० ओभरमा ४८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १८२ रन बनायो ।

उसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रञ्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष गौतम र सागर गैरेले समान १०–१० रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ३, अजयकुमार चौहान र शाह आलमले २–२ तथा शङ्कर राना र सुजन रानाभाटले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको लुम्बिनी खुकुरी २४ ओभर ५ बलमा १३७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिशेष गौतमले ८ ओभर ५ बल बलिङ गर्दै २ मेडनसहित ३६ रन खर्चेर सर्वाधिक ७ विकेट लिए । सुझाव थापाले ३ विकेट हात पारे ।

खुकुरीका समीर अली मुसलमानले ६७ र शङ्कर रानाले ४७ रन बनाए अन्य ब्याटर नचल्दा टिम उपाधि चुम्नबाट चुक्यो । अभिशेष गौतम म्यान अफ द फाइनल भई रु एक हजार २०० प्राप्त गरे ।

प्रतियोगितामा वेष्टर्नका अभिशेष गौतम म्यान अफ द सिरिज भई रु १५ हजार प्राप्त गरे । मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपीन आचार्य वेष्ट ब्याटर, मेलवर्नकै अशोक धामी वेष्ट बलर र वेष्टर्नका सुझाव थापा उदयीमान खेलाडी घोषित भए । उनीहरू तीन जनाले जनही रु पाँच हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ