२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

संविधान संशोधनका लागि सुझाव संकलन सुरु, एमाले उपसमितिको बैठकमा चार मुख्य विषयमा छलफल

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित उपसमितिको बैठक सम्पन्न भएको छ।

आज (२०८३ साउन ६ गते) पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपसमितिका संयोजक अग्निप्रसाद खरेल को अध्यक्षतामा बसेको बैठकले संविधान कार्यान्वयनको अनुभव, संशोधन आवश्यक विषयहरूको पहिचान तथा सुझाव संकलन प्रक्रियालगायतका विषयमा विस्तृत छलफल गरेको हो।

बैठकमा उपसमितिका संयोजक अग्निप्रसाद खरेलसहित महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सहभागी थिए। त्यस्तै, पूर्व कानुनमन्त्री माधवप्रसाद पौडेल विज्ञका रूपमा विशेष रूपमा उपस्थित भएका थिए।

बैठकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई अझ प्रभावकारी र सुदृढ बनाउने उद्देश्यसहित संविधान संशोधन सम्बन्धी सुझाव संकलन गर्ने विषयमा केन्द्रित भएर छलफल भएको जनाइएको छ।

छलफलका क्रममा हालसम्म नेपालको संविधान कार्यान्वयनबाट प्राप्त अनुभव, उपलब्धि तथा व्यवहारिक रूपमा देखिएका चुनौतीहरूको समीक्षा गर्ने विषयमा विचारविमर्श गरिएको थियो। त्यसैगरी संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा पनि छलफल भएको छ।

WhatsApp Image 2026-07-22 at 6.06.44 PM.jpeg

यस्तै, राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रियाबारे पनि बैठकमा विस्तृत छलफल भएको जनाइएको छ।

बैठकले संविधान संशोधनका लागि प्राप्त हुने सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गर्दै तथ्य, तर्क र औचित्यका आधारमा संशोधन प्रस्ताव तयार गर्ने विषयमा समेत सहमति जनाएको छ।

एमालेले संविधान पुनरावलोकन र संशोधनका लागि व्यापक परामर्श तथा सुझाव संकलन प्रक्रियालाई अघि बढाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट