२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संक्रमणकालीन न्यायसम्बन्धी बिषयलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर छ : मन्त्री गौतम

सोमवार , जेठ ११, २०८३

काठमाडौं । कानून, न्याय तथा संसदीयमामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायसम्बन्धी बिषयलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर रहेको बताएकी छन् । 

सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजनाका साथ संक्रमणकालीन न्यायसम्बन्धी बिषयलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर रहेको बताएकी हुन् ।

संक्रमणकालीन न्यायलाई टुङ्गाउन धेरै लागेकाले अब त्यसम्बन्धी भएका कामकारवाही दस्तावेजलाई अभिलेखीकरण गर्ने काम भइरहेको उनले बताइन् । मन्त्री गौतमले संक्रमणकालीन न्यायसम्बन्धी आयोगका दुवै कार्यालयहरुको व्यवस्थापनलाई  प्रभावकारी बनाउने काम अन्तिम चरणमा पुगेको धारणा राखिन् । 

मन्त्री गौतमले संक्रमणकालीन न्यायको विगत, वर्तमान अवस्था तथा आगामी कार्यदिशालाई स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्यले विस्तृत पोजिसन पेपर तयार गरिने समेत जानकारी दिइन् । 

मन्त्री गौतमले डिजिटल न्याय प्रणालीको सुदृढीकरण, वित्तीय अपराध तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था गर्ने उदेश्यका साथ अघि बढिरहेको बताइन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ