२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ : कविन्द्र बुर्लाकोटी

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी सदनलाई गराएको छ । 

मंगलबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि बिपक्षी सांसदहरुले विरोध जनाएपछि रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका हुन् । संसदलाई सहज रुपमा अघि बढाउने सन्दर्भमा एक साताभित्र प्रधानमन्त्री आउने निश्चित भएको उनले बताए । 

बुर्लाकोटीले प्रधानमन्त्री आउने जानकारी गराएपछि नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको आरोप लगाए । उनले संसद सरकारको भजन गाउने थलो नभएको भन्दै सरकारलाई सदनप्रति उत्तरदायी बनाउने जिम्मेवारी पुरा गरेको बताए । 

त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि प्रधानमन्त्री आउने जानकारी अनुसार सभामुखको कुर्सीबाट रुलिङको माग गरेका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री सदनमा आउने बिषयमा रास्वपाबाट जानकारी प्राप्त भएकाले सहज रुपमा सदन अघि बढाउन आग्रह गरेका थिए । 

सभामुखको आग्रहपछि बिपक्षी दलका सांसदहरुले सदनको अवरोध हटाएर बिधेयकमाथिको छलफलमा भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ