२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठसहित)

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले २१ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन् ।

कुल विनियोजनमध्ये चालु तर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् कुल विनियोजनको ५९ दशमलव आठ प्रतिशत, पुँजीगत तर्फ रु ३ खर्ब ३१ अर्ब १० करोड अर्थात् २० दशमलव तीन प्रतिशत, वित्तीय व्यवस्था तर्फ रु ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९ दशमलव नौ प्रतिशत रहेको उनले बताए । 

उनले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १४ खर्ब पाँच अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड व्यहोर्दा रु ६ खर्ब ५७ अर्ब २९ करोड न्यून हुन जाने बताए ।

सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब ४७ अर्ब २८ करोड परिचालन गर्ने र राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु चार खर्ब १० अर्ब आन्तरिक ऋणबाट परिचालन गर्ने उनको भनाइ छ । 

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार आगामी आर्थिक वर्षमा प्रदेशका लागि रु ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि रु ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको उनले बताए । 

आर्थिक वर्ष २०८३–८४ को बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ