२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले ल्याएको बजेटमा हामीले उठाएका धेरै बिषयहरुको सम्बोधन भएको छ : निजी क्षेत्र

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । निजी क्षेत्रले सरकारले ल्याएको बजेटमा आफुहरुले उठाएका धेरै बिषयहरुको सम्बोधन भएको जनाएका छन् । 

सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेपछि संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले सरकारले ल्याएको बजेटबाट आफुहरु उत्साहित भएको भन्दै अर्थतन्त्र चलायमान हुने विश्वास समेत व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले निरन्तर उठाउदै आएका धेरै बिषयहरु सम्बोधन भएको बताए । उनले रोजगारी सिर्जना, उत्पादन बृद्धि लगाएतका क्षेत्रमा उल्लेख बिषयहरु सकारात्मक रहेको धारणा राखे । 

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रलाई निकै उत्साहित बनाउने खालको रहेको बताए । सरकारले ल्याएको बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर लगाएतका बिषयमा सरकारले ल्याएको बिषय सकारात्मक रहेको बताए । 

उनले लगानी गर्नका लागि प्रोत्साहन गर्ने गरि सरकारको बजेट आएको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ