काठमाडौं । बिपक्षी दलका सांसदहरुले सरकारले ल्याएको बजेट वास्तविक नदेखिएको टिप्पणी गरेका छन् ।
शुक्रबार बजेट आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले अहिलेको बजेटका आधार निकै बढि रहेकाले वास्वविक नदेखिएको जनाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले योजना आयोगको सिलिङ भन्दा बढि आएको बजेट वास्तविक नदेखिएको बताए ।
उहाले अर्थतन्त्रले धान्ने नसक्ने गरी बितरणमूखी बजेट देखिएको उल्लेख गरे । स्थानीय तहको चूनावलाई लक्षित गर्दै जनमत बनाउने मनोविज्ञानका साथ बजेट ल्याएको जस्तो देखिएको उनको भनाइ छ ।
त्यस्तै एमाले सांसद गुरु बरालले आधारभूत वर्गका लागि अवसर बृद्धि गर्ने खालका योजना र कार्यक्रमहरु समेट्न नसकेको बताए । उनले मध्यम वर्गलाई विस्तार गर्नेगरी ढोका खोल्न नसकेको जिकिर गरे ।
त्यस्तै कांग्रेस सांसद निश्कल राईले जनतालाई निरुत्साहित गर्ने गरी बजेट आएको टिप्पणी गरे ।
त्यस्तै राप्रपा र श्रम संस्कृतिका सांसदहरुले पनि सरकारको बजेट आशामूखी नभएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस