काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सरकारले ल्याएको बजेट जनताको आकांक्षालाई पुरा गर्ने गरी आएको बताएका छन् ।
शुक्रबार बजेट आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा प्रवक्ता मनिष झाले सुशासन कायमका साथै जनताको आकांक्षालाई पुरा गर्ने गरी बजेट आएको बताए । उनले मुलुकलाई डिजिटल युगमा प्रवेश गराउने गरि आएको कार्यक्रम निकै महत्वपूर्ण रहेको उल्लेख गरे । सरकारको बजेटले आफुहरु उत्साहित भएको उनको भनाइ छ ।
त्यस्तै रास्वपा सांसद इन्दिरा रानाले तीन तहको सरकारको समन्वयमार्फत बजेटको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनले बजेटमा रहेका बिषयहरु देश र जनताको बिकासलाई अघि बढाउने गरी बजेट आएको धारणा राखिन् ।
त्यस्तै अन्य रास्वपा सांसदहरुले पनि सरकारले ल्याएको बजेट निकै सकारात्मक रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस