२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सहकारी अभियानमा शुद्धीकरण आवश्यक छ : कार्यवाहक अध्यक्ष पोखरेल

शनिवार , जेठ १६, २०८३

विराटनगर । राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी अभियानभित्र केही अन्योलता सिर्जना भएको भन्ने भाष्य स्थापित गरिए पनि त्यसलाई तथ्यपरक रूपमा विश्लेषण गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

विराटनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गतको सहकारी अध्ययन तथा सूचना केन्द्रद्वारा आयोजिते “राष्ट्रसेवक सहकारीहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना” विषयक दुई दिने छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले सहकारी क्षेत्रमा देखिएका समस्या केवल नेपालको मात्र नभई विश्वव्यापी वित्तीय अस्थिरतासँग जोडिएका विषय भएको उल्लेख गरे ।

उनले कोभिड–१९ महामारी, युक्रेन युद्ध, आयात–निर्यातमा आएको अवरोध तथा इन्धन आपूर्ति सम्बन्धी समस्याले समग्र अर्थतन्त्र प्रभावित भएको बताए । यद्यपि, यी प्रभावहरू सहकारी क्षेत्रमा अपेक्षाकृत भन्दा बढी देखिएको उनको भनाइ थियो । सहकारी अभियानले यी समस्याको गहिरो विश्लेषण गर्दै सुधारका उपायसहित अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

पोखरेलले सहकारी अभियानभित्र शुद्धीकरणको आवश्यकता महसुस भएको बताउँदै सहकारी क्षेत्रले मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानलाई कसैले पनि बिर्सन नहुने बताए । 

707459829_1460513515820332_2668829810703243765_n.jpg

छोटो अवधिमै ३२ हजारभन्दा बढी सहकारी संस्था दर्ता हुनु, लाखौं सदस्यको आबद्धता, १२ खर्ब रुपैयाँभन्दा बढीको कारोबार तथा धेरै संस्थाले आफ्नै भवन निर्माण गर्न सफल हुनु सहकारी आन्दोलनका महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।

उनका अनुसार महिला सशक्तीकरण, साक्षरता तथा वित्तीय साक्षरताको क्षेत्रमा समेत सहकारीले उल्लेखनीय योगदान दिएको छ । यही उपलब्धिका कारण सरकार सहकारी अभियानप्रति आकर्षित भएको र नेपालको संविधानमा तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई एक प्रमुख खम्बाका रूपमा स्थापित गर्न सफल भएको उनले स्मरण गरे ।

पोखरेलले जहाँ पनि सबै व्यक्ति असल मात्र नहुने उल्लेख गर्दै केही गलत प्रवृत्तिका व्यक्तिहरू सहकारी क्षेत्रमा प्रवेश गर्दा समस्या उत्पन्न भएको बताए । नीति, नियम र विधिको पूर्ण पालना नगरी व्यक्तिगत स्वार्थका कारण सिर्जित समस्याले समग्र सहकारी अभियानको छविमा असर पुगेको उनको भनाइ थियो । सहकारीको मूल मर्म, मूल्य र सिद्धान्तअनुसार सञ्चालन गरिए सहकारी क्षेत्रमा समस्या नआउने विश्वास व्यक्त गर्दै उनले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरका अध्यक्ष जीवन काफ्लेले सहकारी ऐन, नियम र सिद्धान्तअनुसार सञ्चालन हुन नसकेका सहकारी संस्थाहरू खारेज गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सदस्यहरूको बचत समयमै फिर्ता गरेर संस्थालाई व्यवस्थित रूपमा बन्द गरिए समस्या जटिल नबन्ने बताए ।

707463417_960281716846315_3029663581314288862_n.jpg

काफ्लेले वर्तमान सहकारी अवस्थाको वस्तुगत मूल्यांकन गर्दै भविष्यमा आउन सक्ने चुनौतीहरूको समयमै पहिचान र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

शनिबारदेखि सुरु भएको उक्त कार्यक्रम आइतबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा देशभरका राष्ट्रसेवक सहकारीहरूको नेतृत्व गरिरहेका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ