२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि हुन्छ : अर्थमन्त्री वाग्ले

आइतवार , जेठ १७, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि गरिएको स्पष्ट पारेका छन् । 

आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । 

तलब वृद्धिको विषयलाई लिएर सरकारले कर्मचारीलाई ढाँटेको भन्ने गुनासो बाहिर आएपछि उनले त्यसको खण्डन गरे । 

अर्थमन्त्रीले तलब वृद्धि २१ प्रतिशत नै हुने भन्दै यसमा डाउट नहुन आग्रह गरे । बाहिर सरकारले ढाँट्यो कि भन्ने कुरा उठेको भएपनि त्यस्तो नहुने उनले बताए । 

उनले १० प्रतिशत आधार तलब (बेस) मा बढेको र अर्को १० प्रतिशत कार्यसम्पादनसँग जोडिने गरी बढाइएको बताए । साथै विगतदेखि दिइँदै आएको ५ हजार रुपैयाँ महँगी भत्तालाई पनि निरन्तरता दिइएको पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ